काठमाडौं । आइतबार ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ ।
तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय पृथ्वीनारायणलाई छ । तत्कालीन गोर्खा राज्यका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा १७७९ पुस २७ गते पृथ्वीनारायणको जन्म भएको थियो ।
२० वर्षको उमेरमा राजा बनेपछि उनले बाइसे चौबीसे राज्यहरूलाई एक सूत्रमा आबद्ध गर्ने नीति अपनाएका थिए । दिवसको अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको शालिक परिसरमा विशेष कार्यक्रम गरिएको छ ।
प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ । पृथ्वीजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
