काठमाडौं । सोमबारबाट यसपालिको दशैं प्रारम्भ हुँदैछ । दशैँको पहिलो दिन सोमबार घटस्थापना हो ।
दशैं सुरू हुने पूर्वसन्ध्यामा मौसम केही उघ्रिएको छ । मौसमविद्हरूका अनुसार घटस्थापनादेखि फूलपातीसम्म एकहप्ता मनसुन त्यति सक्रिय हुने सम्भावना देखिएको छैन ।
फूलपातीदेखि दसैंको टीकासम्म भने मौसम फेरि सक्रिय हुने सम्भावना देखिएको छ । जसका कारण नेपालभरि हिले दशैं हुने पूर्वानुमान गरिएको छ ।
मौसमविद्ले यसपटक मनसुन बाहिरिन समय लाग्ने पनि प्रक्षेपण गरेका छन् । यसपटक सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिए पनि अझै दुई हप्तापछि मात्रै मनसुन बाहिरिने मौसमविदहरूले आकलन गरेका छन् ।
