सोम, कार्तिक १७, २०८३
20.1 C
Kathmandu

सुनको मूल्य तोलामा एकैदिन ११ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन एक हजार १०० रुपैयाँले घटेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज