आइत, कार्तिक २३, २०८३
14.1 C
Kathmandu

सुनको मूल्यमा नयाँ रेकर्ड ब्रेक

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज तीन हजार रुपैयाँले मूल्य बढेको छ ।

आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज