आइत, कार्तिक २३, २०८३
14.1 C
Kathmandu

पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

ढोरपाटन । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६, सिपमा आइतबार बिहान पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । रासस

सम्बन्धित समाचार

ताजा न्यूज