आइत, कार्तिक २३, २०८३
14.1 C
Kathmandu

रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एकको मृत्यु, २ घाईते

काठमाडौं । रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका १० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना सोही चर्चको टहरामा बास बसेका थिए । पहिरो खसेर दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएकोछ ।

अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज