चितवन । पृथ्वी राजमार्गमा खसेका दुईवटै पहिरो पन्छ्याइएको छ । सवा ८ बजेदेखि सडक दुईतर्फी नै खुलेको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी भेषराज रिजालले जानकारी दिए ।
बुधबार बिहान चितवनको इच्छाकामना गाउँपालिकाको दुई ठाउँमा पहिरो गएपछि कारण सडक अवरूद्ध भएको थियो । चुम्लिङटार मौवाखोलामा बिहान ७ बजेतिर खसेको पहिरोले यातायातका साधनहरू रोकिएका थिए ।
