आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

सुनको मूल्य एक सयले घट्यो, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु एक लाख ४५ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ ।

सोमबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ४० निर्धारण भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज