शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

११३.४२ अंकले बढ्यो नेप्से, १६ अर्वको कारोबार…

काठमाडौं । गत शुक्रबार सार्वजनिक भएको लचिलो मौद्रिक नीतिलाई सेयरबजारले स्वागत गरेको छ।

विशेषगरी संस्थागत लगानीकर्ताका लागि २० करोडको सीमा खारेज गरिएको र २ करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर साढे २ करोड रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थालाई सेयरबजारले सकारात्मक रुपमा लिँदा आइतबार ११३.४२ अंकले बढ्नपुगेको छ।
आइतबार बजारमा दुई पटक सकारात्मक सर्किट लागेर सम्हालिएको हो। योसँगै नेप्से २६८१.१५६ विन्दुमा रहँदा कारोबार रकम १५ करोड ८१ अर्ब रुपैयाँ पुगेको छ।

साताको पहिलो कारोबार दिन बजारमा ४ करोड कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यसअनुसार १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटाको मात्र घटेको छ भने ८ वटाको बिहीबारकै मूल्यमा कारोबार भएको छ।
आज १२ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट अर्थात् १० प्रतिशतको वृद्धि देखिँदा तीनवटाको ९.९९ प्रतिशत, चारवटाको ९.९८ प्रतिशत, दुईवटाको ९.९७ प्रतिशत र १ कम्पनीको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ।

अधिकांश वाणिज्य बैंकहरुको सेयरमा सकारात्मक सर्किट लागेको हो। गिरावट आएका कम्पनीमध्ये गणपति लघुवित्तको ९.३५ प्रतिशतले घट्नेबाहेक अन्य कम्पनीको सेयर मूल्य सामान्य दरले ऋणात्मक बनेका छन् ।

कारोबारतर्फ कुमारी बैंकको सेयर लगानीकर्ताले आज धेरै किनबेच गरेका छन्। बैंकको ३६ करोड १० लाखको, एनआईसी एसियाको ३४ करोड ८१ लाखको, हिमालयन रिइन्स्योरेन्सको ३२ करोड, शिवम् सिमेन्टको ३२ करोड, हाथवे फाइनान्सको २७ करोडको उच्च कारोबार भएको छ।

उपसमूहतर्फ वाणिज्य बैंकको सेयर वृद्धिदर नै ९.८९ प्रतिशत छ। त्यस्तै विकास बैंकको ४.८७ प्रतिशत, फाइनान्स १.२९ प्रतिशत, होटल तथा पर्यटन ०.४६ प्रतिशत, जलविद्युत् ०.८३ प्रतिशत, लगानी ५.७५ प्रतिशत, जीवन बीमा ४.२४ प्रतिशत, उत्पादन १.७२ प्रतिशत, सामूहिक लगानी कोष १.३८ प्रतिशत, निर्जीवन बीमा २.६८ प्रतिशत र अन्य ३।१९ प्रतिशतले बढेका छन्। माइक्रोफाइनान्सको भने ०.१८ अंकले ऋणात्मक रहेको छ।

आज वाणिज्य बैंक, लगानी, विकास बैंक र जीवन बीमा समूहले नेप्सेमा उछाल ल्याएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज