शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

डीआईजी सरुवाबारे हरि ढकालको प्रश्न, विश्वासको मत लिएको दुई दिनभित्रमा डीआईजी सरुवा किन गरियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवाबारे प्रश्न उठाएको छ ।

प्रतिनिधि सभा सांसद हरि ढकालले आइतबारको आकस्मिक समयमा बोल्दै अहिले बनेको नयाँ सत्ता गठबन्धनको उद्देश्य अनुसार केसीको सरुवा गरिएको बताए ।

‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियोरु विश्वासको मत लिएको दुई दिनभित्रमा गरियो । किन, के का लागि, हामीले यो गठबन्धन कुन उद्देश्यका लागि बनेको छ भनेका थियौँ, त्यही उद्देश्यका लागि सरुवा गरिएको छ,’ उनले भनेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि मन्त्रिपरिषद् विस्तारदेखि नै विभिन्न विवादित पृष्ठभूमिका व्यक्तिलाई नियुक्ति दिइएको उनको जिकिर थियो।

‘हामीलाई यो सरकारका उद्देश्य थाहा थियो। अहिले देखिन थालेको छ। अनुसन्धानका वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री पद दिएर पुरस्कृत गरियो,’ उनले भने, ‘गुण्डा नाइके, फिरौती, मानव बेचबिखनको आरोप लागेका मान्छेलाई प्रादेशिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।’

सम्बन्धित समाचार

ताजा न्यूज