शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

विश्वप्रकाश शर्मालाई हरि ढकालको प्रश्न- डीआईजीको सरुवाको बारेमा सदनमा बोल्न सक्नुहुन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद हरि ढकालले विश्वप्रकाश शर्मालाई डीआईजीको सरुवाको बारेमा सदनमा बोल्न सक्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
कांग्रेस महामन्त्री शर्माले यसअघि गत असार १० गते इन्स्पेक्टर सरुवा गर्ने बेलामा राखेको भनाई स्मरण गर्दै सांसद ढकालले प्रतिप्रश्न गरेका छन् ।

‘कांग्रेसका महामन्त्रीज्यूले गत असार १० गते पोस्ट गर्नुभएको थियो, गलत भाष्य सावित गर्नका लागि,’ उनले भने, ‘डीआईजी मनोज केसीको सरुवाको बारेमा तपाईं बोल्न सक्नुहुन्छ ? यो सदनमा ? सक्नुहुन्न ।’

त्यतिबेला संसद्‌बाटै महामन्त्री शर्माले भनेका थिए, ‘सूर्यबहादुर मगर जिल्ला प्रहरी कार्यालय, कास्कीको अपराध अनुसन्धान तथा नियन्त्रण शाखामा कार्यरत थिए । गृहमन्त्रीजी हिजो मालिक रहेको सूर्यदर्शन सहकारी संस्था त्यही कास्कीमा छ। सूर्यबहादुर त्यही छानबिन गर्ने एक इन्स्पेक्टर थिए। उनलाई समय नपुगी हटाइयो। सूर्यबहादुर २०८० भदौ ८ गते हाजिर भएका थिए। उनलाई वैशाख २६ गतेको निर्णयबाट डाँडा कटाइयो र महोत्तरी पुर्‍याइयो। यही रोस्टममा उभिएर प्रहरी चलाउँदैनौं भन्दै हुनुहुन्थ्यो, झूट बोल्नलाई देशको गृहमन्त्रीले रोस्टम प्रयोग गर्न पाउने कि नपाउने ?’
आइतबारको आकस्मिक समयमा बोल्दै अहिले बनेको नयाँ सत्ता गठबन्धनको उद्देश्य अनुसार केसीको सरुवा गरिएको बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज