काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पहिरोमा परी घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर माग गर्दा सरकारले विलम्ब गरेको गुनासो गरेका छन्।
गएराति गोरखाको को धार्चे गाउँपालिका–५ सिङग्लाको पहिरोमा परेका घाईतेको उद्दारको पहल गर्दा हेलिकोप्टर जान नमानेको गुनासो गरे ।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताए ।
मौसम प्रतिकुल भएको भन्दै सरकारी हेलिकोप्टर जान नमानेको तर त्यही समयमा नीजि कम्पनीको हेलिकोप्टर गएको बताए।
‘नेपाल सरकारसँग हेलिकोप्टर उद्धारका लागि यचना गर्दा गृह मन्त्रालयले हेलिकोप्टर उद्धारमा बिलम्ब गर्यो । प्राइभेट हेलिकोप्टर कम्पनी गयो,’ उनले भने, ‘भनिएको थियो, नुवाकोट र धादिङको आकाशमा प्रतिकुल मौसमका कारण सैनिक हेलिकोप्टर उड्न सकेन भनियो । तर, यो नीजि कम्पनी कसरी उडान गर्यो ।’
उनले यस्ता त्रुटी अब नहोस् भन्दै सरकारलाई चेतावनी समेत दिएका छन्।
‘यस्तो त्रुटी अब नहोस्। कि सैनिक हेलिकोप्टरलाई लाग्ने प्रतिकुल मौसमको समस्या प्राइभेट हेलिकोप्टरलाई किन भएन उहाँहरूले जोखिममा उडान भर्नुभयो कि ?,’ उनले भने।
