शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

हेर्नुहोस् आजको मौसम…

काठमाडौं । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कुनै(कुनै ठाउँमा भने अति भारी वर्षाको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् का अनुसार आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि अलि सक्रिय हुनेछ । ‘त्यसक्रममा आज, भोलि र पर्सि रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको छ,‘एक(दुई स्थानमा अति भारी वर्षा हुने पनि देखिन्छ ।’
मौसमविद् अधिकारीका अनुसार रातिको समयमा धेरै पानी पर्नु मनसुनको विशेषता नै हो । यसका धेरै कारणहरुमध्ये एउटा कारणबारे जानकारी दिँदै मौसमविद् अधिकारी भन्छन्, ‘अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा भएको पानीको मात्रा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुन्छ ।’

सम्बन्धित समाचार

ताजा न्यूज