बुध, भदौ ३१, २०८३
23.1 C
Kathmandu

उपसभामुखको पत्रबारे किन मौन छ रास्वपा …

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे प्रश्न उठेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्को गरिमासँग जोडिने प्रश्न उठेको भन्दै सभामुख र उपसभामुख संग प्रश्न गरेका थिए ।

“यो गम्भीर विषय आयो । यो संसद्को गरिमासँग जोडिएको, हाम्रो मानमर्यादासँग जोडिएको विषय आयो,” खतिवडाले भने, “यो केसलाई कसरी लैजाने हो रु सभामुखले कसरी लिनुभएको छ ? उपसभामुख यहीँ हुनुहुन्छ, कसरी लिनुहुन्छ ?”
खतिवडाले पत्रबारे प्रश्न उठाएपछि सभमुखले आफूले पत्रपत्रिकाबाट जानकारी पाए पनि उपसभामुखसँग संवाद नभएको बताए ।

“सभामुखज्यूले मैले पनि पत्रपत्रिका हेरेर थाहा पाएँ, यसबारे उपसभामुखसँग कुरा गर्न पाएको छैन । कुरा गर्छु भन्नुभयो,” खतिवडाले भने, “उहाँले आज कार्यव्यवस्थामा होइन, यसबारे छुट्टै छलफल गरौँला भन्नुभएको छ ।”

खतिवडाका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उपसभामुखको विषयबारे बोलेनन् ।‍ “उपसभामुख त्यसममा बोल्न खोज्दै हुनुहुन्थ्यो । सभामुखले छुट्टै छलफल गरौँला भनेपछि रोकिनुभयो,” उनले भने ।

सम्बन्धित समाचार

ताजा न्यूज