बुध, भदौ ३१, २०८३
23.1 C
Kathmandu

परराष्ट्रमन्त्री राणाले लिईन् बङ्गलादेशमा रहेको नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेको नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छन् ।

शुक्रबार बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग र परराष्ट्रमन्त्री राणा संगको भेटमा विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छिन्।

मन्त्री डा राणाले राजदूत भण्डारीलाई टेलिफोन सम्पर्कगरी नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आ आफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको परराष्ट्रमन्त्री डा राणाको सचिवालयले जनाएको छ।

राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराएका थिए।

बङ्गलादेशमा केही दिन यतादेखि विद्यार्थीहरूले सडक प्रदर्शन गरिरहेका छन् । सरकारी कोटाका विषयमा चर्किएको प्रदर्शमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज