काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक भएको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘आज नेपाली जनताले जे अपेक्षा गरिरहेका छन्, यो सरकारबाट मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र हामीले जुन करिव १० वर्षमा अभ्यास गरेको संविधान छ, यो संविधानलाई हामीले अभ्यास गर्ने क्रममा अझै यसलाई वैज्ञानिक बनाउने कुरा, संशोधन गर्ने कुरा उठेको छ। यो विषयमा पनि नेपाली जनताले एउटा खालको अपेक्षा र चासो राखेका छन्। यसमा सरकार सफल होस्,’ उनले भने।
सांसद रोकायले कर्णाली प्रदेश हरेक कुरामा सम्भावनाले भरिपूर्ण रहेको भन्दै प्राथमिकतामा राखेर काम गर्न पनि आग्रह गरे।
