काठमाडौं । नेपाली कांग्रेसले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरु आज साँझसम्म फिर्ता गर्ने निष्कर्ष निकालेको छ ।
बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यस्तो बताएका हुन् ।
“एमालेले सम्भवतः आज साँझसम्म प्रक्रिया अपनाउला । सरकारमा सहभागी मन्त्री फिर्ता गर्ला । त्यसपछि प्रधानमन्त्रीले निकास दिने कुरा आउला ।”
