काठमाडौं । अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने नेपालको सम्भावना समाप्त भएको छ ।
समूह ‘ए’को अन्तिम तथा निर्णायक खेलमा बलियो उत्तर कोरियासँग ११-० को फराकिलो हार बेहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा एसियन कपको साविक विजेता कोरियाले पहिलो हाफमा ५ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा ६ गोल भए ।
जितसँगै कोरियाले तीन खेलमा स्पष्ट ९ अंक जोड्दै एसियन कपमा स्थान सुरक्षित गर्यो । कोरिया लगातार तेस्रो खेलमा दोहोरो अंकमा गोल गर्न सफल भयो । पहिलो खेलमा साउदी अरेबियालाई १५-० ले हराएको कोरियाले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भुटानमाथि १०-० को अर्को सानदार जित हासिल गरेको थियो ।
कोरियालाई हराउँदो हो त नेपालले एसियन कपमा स्थान बनाउने समीकरण बनेको थियो । तर, नेपाली टोली खेल अवधिभर निरीह देखियो ।
