शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

नेकपा एसमा आन्तरिक कलह, बैठक सर्‍यो

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिचको कलह चुलिदा त्यसको प्रभाव पार्टी बैठकमा परेको छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक सारेको छ ।

महासचिव घनश्याम भुसालले पार्टीका सदस्यहरूलाई तीन वटै बैठकको मिति परिवर्तन भएको जानकारी गराएका हुन् । चाडपर्वका कारणले बैठक सारिएको जनाइएको छ ।

स्थायी कमिटीको बैठक भदौ २५ गते, पोलिटब्युरोको भदौ २६ गते र केन्द्रीय कमिटीको बैठक भदौ २७ र २८ गते बस्ने गरी सारिएको हो ।

सबै बैठक बिहान ११ बजे बस्नेगरी तय गरिएको छ । स्थायी कमिटी र पोलिटब्युरोको बैठक पार्टी केन्द्रीय कार्यालयमा गर्ने तय भएको भुसालले बताएका छन्। केन्द्रीय कमिटीको स्थान भने पछि तोक्ने तयारी छ।

यसअघि भदौ चार गतेका लागि स्थायी कमिटी बैठक, भदौ पाँच गतेका लागि पोलिटब्युरो र भदौ ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज