शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । एएफसी यू-२० वुमन्स एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ।

बुधबार भुटानमा सुरु भएको समूह ‘ए’ को खेलमा नेपाललाई घरेलु टोली भुटानले एक एक गोलको बराबरीमा रोकेको हो।

नेपालका लागि सेनु परियारले खेलको ३८ सेकेन्डमै गोल गरेकी थिइन्। भुटानले १८ मिनेटमा वांमोको गोलबाट बराबरी गर्‍यो।

अब नेपालले ८ अगस्टमा साउदी र १० अगस्टमा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ।

समूहको शीर्ष टोली अर्को वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा छनोट हुनेछ।

दोस्रो हुने टोलीको पनि सम्भावना हुनेछ। आठ समूहमध्ये तीन वटा उत्कृष्ट दोस्रो टोली मात्र छनोट हुनेछन्।

सम्बन्धित समाचार

ताजा न्यूज