आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार राति ९ः३५ बजेतिर उक्त दुर्घटना भएको हो ।

स्थानीय पिपलचोकमा को१च ५१९१ नम्बरको कारले मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाइकलका चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

कारका चालक मोरङै पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज