शनि, कार्तिक १५, २०८३
16.1 C
Kathmandu

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो ।
शाह विवाहित महिला हुन् ।

घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

ताजा न्यूज