आइत, कार्तिक १६, २०८३
14.1 C
Kathmandu

आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता

काठमाडौं । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् ।

पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३र०७४ मा पाँचवटा, २०७४र०७५ मा चारवटा, २०७५र०७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् ।

२०७६/०७७ मा एउटा, २०७७/०७८ मा एउटा, २०७९/०८० मा एउटा र २०८०/०८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३र०७४ मा १४, २०७८/०७९ मा चार र २०८०र०८१ मा ३७ जना बेपत्ता भएका हुन् ।

उक्त अवधिमा उक्त सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३०/७४ देखि २०८०/०८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् । रासस

सम्बन्धित समाचार

ताजा न्यूज