शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या

बुटवल । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या भएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ हर्दीमा धारिलो हतियार प्रहारबाट स्थानीय २० वर्षका सूर्यकुमार बढईको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

सूर्यकुमारको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्ति अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज