शुक्र, कार्तिक १४, २०८३
17.1 C
Kathmandu

गोरखामा पहिरो जाँदा ५ जना बेपत्ता

काठमाडौं । गोरखाको धार्चे ५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् ।

यसको थप विवरण आउन बाँकी रहेको छ ।

आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको स्थानीयले बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारीका अनुसार पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए ।

खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज