बिहि, अशोज १, २०८३
20.1 C
Kathmandu

सिमलतालमा बस दुर्घटनामा बेपत्ता बसका यात्रुको शव भारतको नहरमा

गत असार २८ गते शुक्रबार मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएका शवहरू धमाधम भारतका नहरहरूमा भेटिन थालेका छन्।

सशस्त्र प्रहरी बल ९एपीएफ० का सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार, बिहीबार र शुक्रबार भारतका नहरमा तीनवटा शव भेटिएका छन्।

भारतको चम्पारण बगाहस्थित नहरमा बिहीबार राति साढे ९ बजेको समयमा २ वटा शव फेला परेको थियो।
बीओपी, त्रिवेणी, नेपाल प्रहरी र स्थानीय प्रतिनिधिहरूको टोली पुगेर एउटा शव ल्याएको थियो। जसमध्ये एउटा शवको पहिचान खुलेको थियो भने अर्को बाँकी छ।

शुक्रबार ९साउन ४० गते अपरान्ह ५ बजेर २० मिनेटमा पुनः सोही नहरमा अर्को शव फेला परेको सहप्रवक्ता थापाले जानकारी दिए।
उक्त शवको पहिचान खुलिसकेको छैन।

यो सँगै दुर्घटनामा अहिलेसम्म २५ वटा शव फेला परेको छ। हराएका ६२ मध्ये अझै ३७ वटा शव फेला पर्न बाँकी छन्।

सम्बन्धित समाचार

ताजा न्यूज