आइत, कार्तिक ९, २०८३
22.1 C
Kathmandu

नौबिसे–नागढुंगा सडकखण्ड पाँच घण्टा बन्द हुने

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्ड आज राति बन्द हुने गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

हिजो राति पनि सोही अवधि यो सडकखण्ड बन्द गरिएको थियो । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न थालिएको नागढुंगा मुग्लिन सडक आयोजना ९पूर्वी खण्ड०का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।

पुलको आरसीसी विम प्रिकास्ट ब्रिज गर्डरपु लभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर ९एभिडमेन्ट०मा राख्ने काम भइरहेको उनले बताए ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा रोक्ने गरिएको छ ।

उक्त समयमा दुईपांग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के सीतापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज