आइत, कार्तिक १६, २०८३
13.1 C
Kathmandu

कर्मचारीहरू मन्त्रीसँग होईन कानुनसँग डराउनुपर्छ- अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीहरू मन्त्रीसँग नभइ कानुनसँग डराउनुपर्ने बताएका छन् ।

ललितपुरमा बुधवार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम २०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले भने, ‘यो मिल्दैन, म गर्न सक्दिन भन्न सक्नुपर्छ । हाकिम, मन्त्रीसँग डराउनु हुन्छ भने असल राष्ट्रसेवक बन्न गाह्रो हुन्छ। तपाईं डराउने दुई, तीन वटामा हो । तपाईंले सम्पादन गर्ने काम कानुनसँग बाझिएको छ की छैन, त्यसमा डराउनुपर्छ । आम नागरिक र राष्ट्रहितसँग बाझिने छ भने डराउनु पर्छ । हाकिम र मन्त्रीसँग विषयको आधारमा सही र गलत भन्नसक्ने त्यो सामथ्र्य हुनुपर्छ ।’

उपप्रधानमन्त्री पौडेलले सरुवारबढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरुवारबढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे ।

सम्बन्धित समाचार

ताजा न्यूज