काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त भएका छन्।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार लामो समयदेखि पार्टीमा निष्क्रिय रहेपछि कुनै जिम्मेवारीमा थिएनन् ।
उनले भने, ‘उहाँ पार्टीको कुनै काममा पनि सक्रिय हुनुहुन्थ्यो । त्यसैले उहाँले पार्टी आफै छाडेपछि उहाँको रिक्त स्थानमा हिजोको बैठकले पूर्ति गरेको हो ।’ हिजो बसेको दुई रिक्त स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको थियो । एमाले र माओवादीबीचको एकतापछि बनेको तत्कालीन नेकपामा उनलाई स्थायी कमिटीको जिम्मेवारी दिइएको थियो । तर, नेकपा एकता भंग भएपछि एमाले रोजेपछि केपी शर्मा ओलीले गैर सांसदको रूपमा मन्त्री समेत बनाएका थिए ।
तर, पछिल्लो समय एमाले अध्यक्ष ओलीको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै बिदामा बसेका थापालाई अहिले पार्टीले सबै जिम्मेवारीबाट अलग गरेको हो।
