मङ्ल, कार्तिक ११, २०८३
24.1 C
Kathmandu

नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टि इस्टेट अनुसन्धान अगाडि बढ्न खोज्दा सरकार फेरियो- सुदन किराती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले सरकारले प्रतिपक्षमा साना दलहरु छन् भनेर हेप्न थालेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रतिपक्ष सानो छ भनेर सत्तापक्षले ठूलो स्वर गर्न थालेको बताए ।

‘यो देश तीन करोड नेपालीको हो, यो देश हाम्रो पनि हो । प्रतिपक्षहरु सानो छ भनेर अलिकति ठूलो स्वरले हेप्न थालिएको छ । तर, लोकतन्त्रमा आकारले होइन सभामुख महोदय, मुद्दाले स्थान लिन्छ’, उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टि इस्टेट लगायतका विषयमा अनुसन्धान अगाडि बढाउन खोज्दा सरकार फेरिएको उनको टिप्पणी छ । मौद्रिक नीति रोकिएको विषयले सरकारले सही गति लिन नसकेको पुष्टि हुने सांसद किरातीले बताए ।

२०४६ सालपछि कांग्रेस र एमालेले संसदीय राजनीतिलाई विकृत गराएका कारण माओवादी सहितका नयाँ दलहरु जन्मन पुगेको उनले बताए । पालैपालो संसद विघटन गरेर राजनीतिलाई अस्थिर बनाउने काम कांग्रेस र एमालेले नै बनाएको किरातीको भनाइ छ । संसद अवरोधमा रेकर्डमाथि रेकर्ड राख्ने काम भएको सम्झिए ।

ओम्नी, यति, प्रिन्टिङ प्रेस लगायतका विषय पश्न उठेको तर, छानबिन नभएको बताए । अघिल्लो सरकारले अगाडि बढाएका भ्रष्टाचारसँग सम्बन्धित विषयहरु पुनः छानबिन र अनुसन्धानमा अगाडि बढ्छ कि बढ्दैन भन्ने प्रश्न आम मानिसमा रहेको पनि उनले बताए ।

सांसद किरातीले विगतमा वामपन्थी अगुवाहरुहरुले गाउँमा सुनाउने गरेको गीत स्मरण गरे । ‘वामपन्थी अगुवाहरुहरुले गाउँमा आएर गीत गनुहुन्थ्यो– देखेको त जालैले छेकेको, छेके पनि छर्लङ्गै देखेको हेर गाउँले हो’, उनले भने ।

सम्बन्धित समाचार

ताजा न्यूज