मङ्ल, कार्तिक ११, २०८३
24.1 C
Kathmandu

दुई ठूला दल एकै ठाउँमा उभिँदा निरंकुशता जन्मने डर भएको कोइरालाको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संसद्का दुई मुख्य ठूला दल एकै ठाउँमा उभिँदा निरंकुशता जन्मने डर भएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री एउटै भएर देशको पोलिसि चेन्ज हुँदा अघि बढ्न समस्या भएको पनि बताए ।

‘यो सरकार बनाउनुपूर्व निर्वाचन भयो, निर्वाचन हुँदा कांग्रेस र माओवादी एक ठाउँमा थियो। सरकार माओवादी र एमालेको बन्यो। त्यसपछि कांग्रेस र माओवादीको बन्यो । फेरि माओवादी र एमालेको बन्यो,’ कोइरालाले अघि भने, ‘प्रधानमन्त्री उही हुनुहुन्छ, पोलिसी चेन्ज भइरहेको छ। अनि देश कसरी अघि बढ्छ । उहाँहरु भन्नुहुन्छ, राम्रोसँग चलिरहेको थियो, किन चेन्ज गरेको। दुई ठूला दल एक ठाउँमा उभिँदा कतै निरंकुशता जन्मिदैँन भन्ने डर छ।’
साथै, उनले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको बताए।

संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको जिकिर गरे।

सम्बन्धित समाचार

ताजा न्यूज