बिहि, कार्तिक १३, २०८३
16.1 C
Kathmandu

वाग्मतीमा एमालेको टुंग्यायो ६ मन्त्रीको नाम…

काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । ६ मन्त्रालय पाएको एमालेले मंगलबार मन्त्रीहरूको नाम टुंग्याएको हो ।

सांसदहरू प्रकाश श्रेष्ठ, अमन मास्के, किरण थापामगर, प्रेमभक्त महर्जन, सुकमाया तामाङ र कृष्णप्रसाद सिलवाल मन्त्री बन्ने पक्का भएका छन् । “मन्त्रीहरूको नाम टुंगिएको हो । मन्त्रालय टुंगिन बाँकी छ,” स्रोतले भन्यो ।

एमालेले ६ मध्ये पाँचजना नयाँ अनुहार पठाउने भएको छ । श्रेष्ठ भने यसअघि नै मन्त्री भएका थिए ।

वाग्मतीको मुख्यमन्त्री भने नेपाली कांग्रेसले पाएको छ । वाग्मतीमा कांग्रेसले मुख्यमन्त्रीसहित सात मन्त्रालय पाउनेछ । कांग्रेसका बहादुरसिंह लामाले आजै मुख्यमन्त्रीमा दाबी गर्ने तयारी छ ।

सम्बन्धित समाचार

ताजा न्यूज