आइत, कार्तिक ९, २०८३
16.1 C
Kathmandu

राजीनामा नदिई फर्किए बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका मन्त्रीहरू प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि राजीनामा नदिई फर्किएका हुन् ।

प्रमुख सचेतक सन्तोष परियारले का अनुसार प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको तयारी भएको हो ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज