काठमाडौं । रास्वपा केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालको बहुचर्चित प्रतिवेदन पेश भएको छ ।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएको थियो । आज सभापति लामिछानेले रोकेको आरोप महामन्त्री ढकालले लगाएका छन् । तर रास्वपा एक नेताले भने बाहिर आएको हल्ला गलत रहेको बताएका छन् ।
उनले भने मुकुल ढकालले केहीबेर अघिमात्रै सबै मिडिया कसरी हल्लाइदिन्छु भनेर चुनौती दिएका थिए ।
महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारेपनि सभापति रवि लामिछानेले अनुमति नदिएको बताएका छन् । बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसे ।
महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरेका हुन् ।
प्रतिवेदनमा भनिएको छ, ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक(दुई सीट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो
हुनेछ ।’
