शुक्र, अशोज ९, २०८३
16.1 C
Kathmandu

बोल्नकै लागि मात्र नियमापत्ति नगर्न सांसदहरूलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डिपी) अर्यालले बोल्नकै लागि मात्र नियमापत्ति नगर्न सांसदहरूलाई निर्देशन दिएका छन्। बिहीबारको बैठकमा सभामुख अर्यालले नियमापत्ति हुनु स्वाभाविक भए पनि स्पष्ट आधार र औचित्य पुष्टि हुनुपर्नेमा सचेत गराए।

उनले भने, ‘माननीय सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वाभाविक नै हो। यद्यपि, जे विषयमा नियमापत्ति गरिएको हो सोभन्दा बाहिर गई आफ्ना भनाइ राख्न तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन। माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्ने गरी नियमापत्ति गर्न सान्दर्भिक हुने व्यहोरा जानकारी गराउँदछु।’

प्रतिनिधिसभाको अर्को बैठक असोज १२ गते सोमबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज