काठमाडौं । जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच दुई चरणको वार्तापछि सहमति भएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाका अनुसार वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित १३ बुँदे मागपत्र राखेका थिए ।
सोही अनुसार नेपाल सरकारले काम गर्नेगरी दुवै पक्षबीच सहमति भएको हो । १३ बुँदे मागमा हिन्दू राष्ट्रको विषय पनि उल्लेख छ । त्यसमा थप छलफल गर्न सरकारलाई ३ महिनाको समय दिएर सहमति जुटेको बताइएको छ ।


