काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक हुनासाथ नयाँदिल्लीको जन्तर९मन्तरमा आन्दोलनरत विद्यार्थी र प्रदर्शनकारीहरूले खुसीयाली मनाएका छन् । उनीहरूले ‘विद्यार्थी एकता जिन्दावाद’ का नारा लगाउँदै राष्ट्रिय गान गाएका थिए ।
साथै, नीट प्रश्नपत्र चुहावट प्रकरणपछि ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो ।
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले मन्त्रीको राजीनामा आन्दोलनको पहिलो सफलता भएको बताए । उनले अब पनि आन्दोलन नरोकिने स्पष्ट पार्दै आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति, प्रदर्शनका क्रममा बल प्रयोग गर्ने प्रहरीमाथि कारबाही तथा आन्दोलनकारी विद्यार्थीमाथिका सबै मुद्दा फिर्ता लिनुपर्ने माग राखे यथावत रहेको बताएका छन् ।
दीपकेले लोकतान्त्रिक आन्दोलनबाट सरकारलाई झुकाउन सफल भएको दाबी गर्दै आन्दोलनले थप सुधार र न्यायको सुनिश्चितता नभएसम्म संघर्ष जारी रहने बताए ।
धर्मेन्द्र प्रधान सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार गठन भएयता जनदबाबका कारण राजीनामा दिन बाध्य हुने पहिलो केन्द्रीय मन्त्री बनेका छन् । यसअघि सन् २०१८ मा विदेश राज्यमन्त्री एम।जे। अकबरले यौन दुर्व्यवहारसम्बन्धी आरोपपछि पद छाडेका थिए ।
