काठमाडौं । हप्तामा दुई दिन बिदाबारे सरकारले पुनरावलोकन गर्ने भएको छ। सोमबार बसेको सचिवहरूको बैठकले पुनरावलोकलनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयका सहसचिवको अध्यक्षतामा कार्यदल गठन भएको हो। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। सो कार्यदलको प्रतिवेदनका आधारमा यसबारे निर्णय हुनेछ ।
दुई दिने बिदामा कतिपय क्षेत्रमा नकारात्मक प्रभाव देखिएका छन्।
