बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबारका लागि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीको शपथ बुधबार हुने भएको छ।

शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य तथा ७ पदाधिकारीको शपथ बुधबार हुने निश्चित भएको नवनिर्वाचित महामन्त्री विपिन आचार्यले बताए।सोही दिन केन्द्रीय सदस्यहरूको पनि शपथ हुने छ ।

त्यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन प्रक्रिया सुरू हुन्छ।

सभापतिले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेस गर्ने प्रक्रिया छ।

रास्वपा विधान अनुसार १५८ केन्द्रीय सदस्यमध्ये ९९ जना निर्वाचित र बाँकी सभापतिबाट मनोनीत हुने छन्। १९ पदाधिकारीमध्ये सभापति सहित ७ निर्वाचित हुने छन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्छन्।

चुनावअघि रास्वपामा समाहित भएका प्रधानमन्त्री बालेन्द्र शाहको समूह, विवेकशील साझाको समूहलाई समायोजन गर्न विधानमा मनोनीत हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज