बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदै चार पटकको विजेता जर्मनी विश्वकपबाट बाहिरियो

एजेन्सी । चार पटकको विश्व विजेता जर्मनी २०२६ को विश्वकपबाट बाहिरिएको छ । निकै रोमान्चक र नाटकीय खेलमा पराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलको ४२औं मिनेटमा जुलियो एन्सिन्सोले हेडमार्फत गोल गर्दै पराग्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जर्मनीले सुधारिएको प्रदर्शन गरेको थियो । फ्लोरियान विट्र्जको पासमा काइ हाभट्र्जले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

पेनाल्टीमा जर्मनीको सुरुवात निकै खराब रह्यो । यो जितलाई पराग्वेको फुटबल इतिहासकै सबैभन्दा ठूलो र गौरवपूर्ण नतिजा मानिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज