बुध, कार्तिक ५, २०८३
16.1 C
Kathmandu

देशभर मनसुनी वायूको प्रभाव, हल्कादेखि अतिभारीसम्म वर्षा मापन, हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुन भित्रिएको १२ दिनपछि देशभरि फैलिएको हो ।

यसको प्रभावले आज बिहान काठमाडौं लगायत बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार धादिङको गजुरीमा पछिल्लो एक घन्टामै १९.६ मिलमिटर वर्षा भएको छ ।

लमजुङको भुजुङमा १६ मिलिमिटर र भोर्लेटारमा १४.४ मिलिमिटर वर्षा भएको छ । गत २४ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्म हल्कादेखि मध्यम र भारी वर्षा भएको छ ।

केही स्थानमा अतिभारी वर्षा मापन भएको छ । बर्दियाको मानपुरमा १३६.६ मिलिमिटर वर्षा मापन भएको छ ।

बुधबार दिउँसो देशभर पूर्णतया बादल लाग्ने मौसम पूर्वानुमान छ । देशको हिमाली भू–भागको केही स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज