आइत, कार्तिक ९, २०८३
25.1 C
Kathmandu

एमालेले गुण्डुमै बोलायो सचिवालय बैठक, के के छन् एजेण्डा ?

काठमाडौं । एमालेले शनिबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी ओलीको निवास भक्तपुर, गुन्डुमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । ओलीको स्वास्थ्य सुधारोन्मुख भए पनि पूर्ण स्वस्थ नभइसकेकाले बैठक गुन्डुमै बस्न लागेको हो ।

चैत पहिलो साता बसेको सचिवालयको बैठकले तलबाट चुनावी समीक्षा गरेर सचिवालय हुँदै केन्द्रीय कमिटीमा समीक्षा प्रतिवेदनमा केन्द्रित भएर छलफल गर्ने नीति लिएको थियो । त्यही नीतिअनुसार समीक्षा गरेर प्रतिवेदन पठाउन एमालेले प्रदेश र जिल्लाहरूलाई निर्देशन दिएको थियो । त्यसअनुसार पालिका तहसम्म समीक्षा भइसकेको छ । तर, यसबिचमै अध्यक्ष ओली पितृशोक तथा गिरफ्तारीमा परेको र लगत्तै हर्निया र पत्थरीको अप्रेसनका कारण अस्वस्थ रहेकाले एमालेले सचिवालय बैठक बोलाउन सकेको थिएन । तर, उनको स्वास्थ्यमा सुधार भएसँगै बैठक बोलाइएको एमालेले जनाएको छ ।

महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारीसहित करिब तीन हजारलाई चुनावमा पार्टीले भोग्नुपरेको पराजयको कारण र अबको दिशाका विषयमा सुझाव लिने गरी लिखित प्रश्नपत्र नै वितरण गरेका थिए । तलबाट आएका समीक्षा र करिब तीन हजारआसपास सुझावलाई आधार मानेर उनले चुनावी समीक्षा प्रतिवेदन बनाएको एक पदाधिकारीले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज