आइत, कार्तिक ९, २०८३
25.1 C
Kathmandu

हर्क साम्पाङ भन्छन्–डोजर आतंक मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारको जमेर विरोध गरिरहने बताएका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले सुकुम्वासी, अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाएर डोजर आतंक मच्चाउने सरकारको जमेर विरोध गरिरहने बताएका हुन् ।

उनले लेखेका छन्, ‘जसले मलाई जे सुकै गाली गर गर्दा हुन्छ तर सुकुम्वासी अव्यवस्थित बसोबासीहरुलाई उठिबास लगाएर डोजर आतंक मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु म ! आतातायी सरकार !’

व्यवस्थापन बिना नै सरकारले सुकुम्वासी बस्तीहरूमा डोजर चलाएपछि साम्पाङले निरन्तर सरकारको विरोध गर्दै आएका छन् । त्यस्तै उने प्रधानमन्त्री बालेन शाहले संसद्मा जवाफ नदिएको भन्दै राजीनामा समेत मागेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज