मङ्ल, कार्तिक ४, २०८३
19.1 C
Kathmandu

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान, १७ गते बैठक बस्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषदको वैशाख ८ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्।

वैशाख १७ गते दिउँसो २ बजेका लागि बैठक आह्वान भएको छ।

यो अधिवेशनमा मुख्यगरी सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल र पारित हुन्छ । जेठ १५ गते बजेट संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले बजेट निर्माणको काम धमाधम गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज