बिहि, अशोज ८, २०८३
19.1 C
Kathmandu

आइपिएलमा राजस्थानको विजयी सुरुवात, धोनीबिनाको खेलमा चेन्नई पराजित

एजेन्सी । चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ । राजस्थान ८ विकेटले विजयी भएको हो ।

चेन्नईले दिएको १२८ रनको लक्ष्य १२ दशमलव १ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थानका वैभव सूर्यवंशीले सर्वाधिक ५२ रन बनाए । १७ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरेका थिए ।

त्यसअघि गुवाहाटीको बरसापारा स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

महेन्द्रसिंह धोनी अनुपस्थित खेलमा चेन्नईका जेमी ओभरटन सर्वाधिक ४३ रन बनाएका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज