काठमाडौं । कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ पुगेका छन् । देउवा २१ फागुनको निर्वाचनपूर्व स्वास्थ्योपचारका लागि सिंगापुर गएका थिए ।
उनको सचिवालयले पार्टी सभापति भनेर सम्बोधन गर्दै देउवा हङकङ प्रस्थान गरेको फेसबुकमा लेखेको छ । ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गर्नुभएको छ । सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उहाँ हङकङ जानुभएको हो,’ सचिवालयले भनेको छ, ‘हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको छ ।’
