शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

लेबनानमा नेपाली शान्ति सैनिकमाथि हमला, ५५४ नेपाली शान्ति सैनिक बंकरमा

काठमाडौं । मध्यपूर्व (पश्चिम एसिया)को लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम फोर्स (युनिफिल)मा कार्यरत नेपाली सैनिकको गणमा बम हमला भएको छ । लेबनानको दक्षिणतर्फ इजरायली सिमानानजिकै मिस इल जाबेलमा रहेको नेपाली सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो ।

इजरायल र लेबनानको उग्रवादी समूह हिजबुल्लाहबिच आक्रमण–प्रत्याक्रमण हुने क्रममा नेपाली सैनिकहरूको निवासमा बम आक्रमण भए पनि हमला कसले गरेको भन्ने खुलेको छैन । घटना शुक्रबार बेलुकाको हो । आक्रमणमा नेपाली सैनिकलाई कुनै क्षति नभएको सेनाले जनाएको छ । त्यहाँ नेपाली सेनाको विष्णु दल (शान्ति सेना)को ६७औँ डफ्फा कार्यरत छ । लेबनानमा हाल ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत छन् । आक्रमणबारे विस्तृत जानकारी राष्ट्रसंघले सार्वजनिक गरेको छैन ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटनामा कुनै मानवीय क्षति नभएको, तर नेपाली सैनिकको सुरक्षाबारे सम्बन्धित निकायमा चासो राखिएको जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा न्यूज