शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

एमालेले छान्यो समानुपातिकतर्फका १६ सांसद, जसमध्ये १० महिला

काठमाडौं । एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षमा नौ सिट जितेको एमालेले समानुपातिकमा १६ सिट पाएकोमा क्लस्टरअनुसार सांसद छनोट गरेको हो ।

एमालेसहित ६ दलले मात्रै थ्रेसहोल्ड कटाएर समानुपातिकमा सिट सुरक्षित गरेका छन् । रास्वपा, कांग्रेस, नेकपा र राप्रपाले बन्दसूचीबाट सांसद छान्न आइतबार बैठक डाकेका छन् । श्रम संस्कृतिले पनि शनिबार नाम टुंग्याउन प्रयास गरेकामा विवाद भएपछि आइतबार बैठक आह्वान गरेको छ ।

अध्यक्ष केपी ओलीको भक्तपुर गुन्डुस्थित निवासमा बसेको एमाले सचिवालय बैठकले आदिवासी जनजातितर्फ महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषमा रामबहादुर थापा र कुलभक्त शाक्यको नाम निश्चित गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खसआर्य महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदाकुमारी बराल छन् । खसआर्य पुरुषतर्फबाट गुरु बराल र पुष्प कँडेल, थारू पुरुषमा कृपाराम राना थारू तथा दलित महिलामा विष्णुमाया बिके र निता घतानी छन् ।

मधेशी महिलाबाट रिङला यादव र यशोदाकुमारी यादव छन् भने मधेशी पुरुषमा चन्देश्वर मण्डलको नाम टुंग्याएको छ । त्यस्तै, मुस्लिम महिलाबाट सजिता यादव सिद्दिकीलाई समानुपातिक सांसद बनाउने निर्णय भएको भट्टले जानकारी दिए । अध्यक्ष ओली पितृशोकमा रहेकाले बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापाले गरेका थिए ।

 

सम्बन्धित समाचार

ताजा न्यूज