शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

कांग्रेस सभापति गगन थापा पराजित, अमरेश झन्डै १३ हजार मतान्तरले विजयी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।

काठमाडौं-४ बाट पछिल्लो तीन पटक चुनाव जितेका थापा यसपालि मधेसको सर्लाही-४ मा उम्मेदवार बनेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले १२ हजार ८५७ मतले पराजित गरेका हुन्।

पछिल्लो मत परिणाम अनुसार अमरेशले ३५ हजार ६८८ मत ल्याउँदा गगनले २२ हजार ८३१ मत ल्याएका छन्।

चुनावको मुखैमा विशेष महाधिवेशन गरेर निर्णय लिएका थापा निर्वाचनमा भारी मतान्तरले पराजित भएका छन् । उनको नेतृत्वमाथि पनि प्रश्न चिह्न खडा भएको छ ।

विशेष महाधिवेशनबाट आएका कांग्रेसका कोही पनि पदाधिकारीले निर्वाचन जितेनन् ।

सम्बन्धित समाचार

ताजा न्यूज