बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमत नजिक, कांग्रेस, एमाले र नेकपा खुम्चिए

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनको मत परिणाम अन्तिमतिर पुगेको छ । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थान जितेर दुई तिहाइ बहुमतनजिक अग्रसर भएको छ ।

उसले समानुपातिक मततर्फ ३७ लाख १ हजार १३१ मत ल्याएको छ । हाल उसले एक स्थानमा अग्रता लिइरहेको छ । मत गणना भइरहेको गोरखा १ मा उसले फराकिलो अग्रता लिइरहेको हो ।

कांग्रेसले १७ स्थान जितेर दोस्रो ठाउँ बनाएको छ । उसले इलाम–१ मा अग्रता लिइरहेको छ । समानुपातिकतर्फ कांग्रेसले १२ लाख ४९ हजार ८४० मत ल्याएको छ ।

यस निर्वाचनमा अनपेक्षित रूपमा खुम्चिएको नेकपा एमालेले प्रत्यक्षमा ८ स्थान जितेको छ भने संखुवासभामा अग्रता लिइरहेको छ । समानुपातिकतर्फ एमालेले १० लाख ५९ हजार ८६ मत ल्याएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले हालसम्म ७ स्थान जितेको छ । उसले समानुपातिकतर्फ ५ लाख ४४ हजार १६६ मत ल्याएको छ। प्रत्यक्षतर्फ एक स्थान जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ २ लाख ६० हजार ६४५ मत प्राप्त गरेको छ ।

श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थान जितेर समानुपातिकमा २ लाख ४९ हजार ३४६ मत प्राप्त गरेको छ । राप्रपाले एक सिट जितेको छ । स्वतन्त्र उम्मेदवार महावीर पुनले म्याग्दीबाट जितेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज